दराज सपिङमार्फत एसएमइजका उत्पादनलाई निःशुल्क सेवा
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्योग (एफएमइज)का उत्पादनहरूलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय ग्राहकसम्म सहज रूपमा पु¥याउने कार्यलाई अगाडि बढाएको छ । यसका लागि महासंघले नेपालको अग्रणी अनलाइन बजार दराज नेपालसँग सहकार्य गरेको छ ।
महासंघ र दराज नेपालबीच बिहीबार एक समारोहका बीच महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्धनिर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका हुन् । यो सम्झौताले महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकीकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत बिक्रीवितरण कार्य गर्नेछ ।
साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिंदै आएको छ । सम्झौताअनुसार दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाइन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासँगै थप सुविधाहरू समेत पाउनेछन् ।
त्यसैगरी साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरूलाई महामारीको आर्थिक प्रभावबाट पुनरूत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलहरूको समेत सुरुवात गरेको छ । महासंघ र दराजबीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमइज बिक्रेता तथा ग्राहकहरूलाई एकै ठाउँमा लिएर आउने र सँगसँगै नेपालमा डिजिटलाइजेसन र इ–कमर्स क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको महासंघले जनाएको छ ।
हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् । सम्झौताअनुुसार विशेष रूपमा तयार गरिएका अभियानहरूमार्फत थप प्रचारहरू र दृश्यता प्राप्त गर्ने, जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमइजको लागि कुनै शुल्क नलाग्ने, व्यापक इ–कमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफनो नेटवर्कमार्फत सबै एसएमइजहरूका उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्नेछ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले दराजसँँगको यो सहकार्य एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगा हुने बताए । दक्षिण तथा दक्षिण पूर्वी एसियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको अनलाइन सपिङ प्लेटफर्ममार्फत साना तथा मझौला उद्यमीहरूले आफना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म पु-याउन सकून् भन्ने उद्देश्यले महासंघले अग्रसरता लिएको उनको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघले एसएमइजको पुुनरुत्थानका लागि बजारीकरणमा सहयोग गर्ने क्रममा दराजसँग यो सहकार्य गरेको र यसले साना तथा मझौला उद्योगका उत्पादनको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो सहयोग पुुग्ने र यसबाट संकटमा रहेको यो क्षेत्रले ठूलो लाभ लिनसक्ने बताए । यस सम्झौताबाट नेपालका अन्य क्षेत्रबाट थप बिक्रेताहरूलाई दराजमा भित्र्याउन र व्यावसायिक सफलता हासिल गर्न सहयोग गर्ने विश्वास गरिएको दराजका प्रबन्धनिर्देशक लिनो अलरिङ्गले बताए । एसएमइज क्षेत्रलाई अझै धेरै सहयोगको खाँचो रहेकोले कम्पनी नेपालभरका साना व्यवसायहरूको सशक्तीकरणका लागि काम गरिरहने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया