Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको वर्षको अन्तिम सेल अभियान १२.१२ सुरु

दराजको वर्षको अन्तिम सेल अभियान १२.१२ सुरु


काठमाडौं । अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यस वर्षको ११.११ अभियानको सफलतापछि दराजले उक्त अभियान घोषणा गरेको हो ।

कम्पनीका अनुसार उक्त अभियान शनिबार मध्यरातबाट सुरु भएको हो । यस अभियानमा दराजका उपभोक्ताहरुले विशेष छुटमा चार हजारको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशत अर्थात् अधिकतम दुई हजार रुपैयाँसम्मको थप छुटको लाभ उठाउन सक्नेछन् । अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड ग्राहकहरूले क्रेडिट कार्डमार्फत अधिकतम दुई हजार रुपैयाँ र डेबिट कार्डमार्फत १० प्रतिशत अधिकतम एक हजार रुपैैँया प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो इ–सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयसम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको पनि कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकहरूले फ्यासन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र बफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो । यस्तै यस अभियानको अतिरिक्त हाइलाइटमा एक खेल एक रुपैयाँ रहेको छ । यसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्यागितार, रियलमिनार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइनर बन्जी, वर्ल्ड लिंक तिन सय एमबीपीएसको १२ महिना टिभी र इन्टरनेटजस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यस अभियानमा सहभागी हुनको लागि ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा आईएमई–पेमार्फत एक रुपैयाँ पूर्व–भुक्तानी गर्नुपर्छ । यदि ग्राहकहरूले पुरस्कार नजितेमा पूरा रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरेबापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखेबापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुने कम्पनीको भनाइ छ । यसका साथै १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभ वेअन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० किलो वाशिङ मेसिन पनि जित्ने मौका पाउनेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x