Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा

जेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा


काठमाडौं । जेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सन् २०२१ की अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठको सभापतित्वमा गत शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।

सन् १९७८ मा स्थापना भएको यस संस्थाले सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकास गर्न मुख्य भूमिका खेल्दै आएको छ । जेसीआई काठमाडौं लेडीका सन् १९९९ का अध्यक्ष सृजना माली प्रधानको प्रमुख आतिथ्यमा भएको सभामा संस्थाकी महासचिव जेसी सोनी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै सभाले आगामी वर्ष २०२२ का लागि नयाँ बोर्ड पनि चयन गरेको छ ।

नवगठित बोर्डमा अध्यक्ष सोनी श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष सबिना श्रेष्ठ, मिली श्रेष्ठ र शर्मिला नकर्मी रहेका छन् । त्यस्तै महासचिवमा कमला गुरुङ प्रधान चयन भएकी छिन् भने कोषाध्यक्षमा शिल्भि नकर्मी, उपाध्यक्षमा स्वेच्छा रन्जित, शाइना ताम्राकार, सबिना महर्जन श्रेष्ठ, दिल शाही, माला थापा मगर, शान्ता भट्टराई चयन भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x