नेचर सुपरमार्केटको तेस्रो शाखा भक्तपुरको बालकोटमा
काठमाडौं । नेचर सुपर मार्केट प्रालिको तेस्रो शाखा सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट, अधिकारी टोलमा खुलेको छ । सोमबार एक कार्यक्रमबीच यहाँका वडा अध्यक्ष शिववरण खत्री एवं हास्य कलाकार, नायिका एवं निर्देशक दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् ।
गत वर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालनमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडीबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो । विभिन्न सामानहरु एउटै छातामुनि सुपथ मूल्यमा पाउने तथा उपभोक्ताहरुलाई हरेक सामानको मूल्य स्वतः जानकारी हुने हुनाले यस किसिमको मार्ट खुलेको कम्पनीले जनाएको छ ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए । ‘बालकोट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पु-याउनेछ,’ उनले भने । प्रालिले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रालिले खाद्यान्न तथा ग्रोसरी सामानहरुमा तीनदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि एक महिनासम्म जारी रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रभु केवलकारको आईपीओ निष्काशन कुमारी क्यापिटलले गर्ने
- पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
- सिटिजन्स बैंक र नेपाल क्लियरिङबीच सम्झौता
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया