Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगज्योति ग्रुपद्वारा ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य

ज्योति ग्रुपद्वारा ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य


काठमाडौं । सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिका अध्यक्ष सौरभ ज्योति सधैं ग्राहकहरूलाई नेपालमा उत्कृष्ट मिठासका विकल्पहरू उपलब्ध गराउन प्रयासरत छन् । ज्योति ग्रुपले ‘बास्किन रोबिन्स’लाई प्रवद्र्धन गर्न ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ । ‘बास्किन रोबिन्स’को अहिले नेपालमा १६ वटा रिटेल आउटलेटहरू भएका ११ सहरहरूमा उपलब्ध छ ।

ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो । इन्टरनेशनल इन्कर्पोरेट वर्षौँदेखि आइसक्रिम व्यवसायमा रहेको छ । साथै यसले नेपालभर वितरण च्यानल र कार्यालयहरू द्रुतरूपमा विस्तार गराइरहेको छ । यसबाहेक, यस ब्रान्डलाई सफल बनाउन इन्टरनेशनल इन्कर्पोरेटसँग आतिथ्य र रिटेल उद्योगमा समर्पित र राम्रो प्रशिक्षित टोली छ । कम्पनीको भिजन विश्वको मनपर्ने आइसक्रिम ट्रिट ब्रान्ड बन्ने र नेपालमा सबैभन्दा मनपर्ने आइसक्रिम ब्रान्ड बन्ने रहेको छ ।

यस्तै सधैं गुणस्तरीय उत्पादनहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न, पसलहरूलाई उत्कृष्ट बनाउन, प्रत्येक अतिथिहरूलाई उत्कृष्ट स्वाद दिलाउन कम्पनी निरन्तर लाग्ने बताइएको छ । बस्किन रोबिन्स आइसक्रिम उद्योगमा एक नवीन अग्रणी हुन जारी छ । यस चेनले आफ्नो ब्राइट चोइसेस भन्ने बेटर–फोर–यु लाइनअप प्रस्तुत गरेको छ, जसमा हल्का, कम–फ्याट, कुनै थप चिनी र डेयरी–रहित आइसक्रिम स्वादहरू, शेकहरु, सन्डे हरु, बारहरु, बेल्जियन वाफल र चोको–लाभाको रूपमा स्कुपहरू समावेश छन् ।

यस ब्रान्डले नयाँ स्वादहरू पनि प्रदान गर्न जारी रख्दछ, त्यसैले ग्राहकहरूसँग बास्किन रोबिन्सको प्रतिष्ठित गुलाबी चम्चासँग स्वाद लिन सधैँ केही नयाँ हुन्छ । यस ब्रान्डले आइसक्रिम केक र अन्य रोमाञ्चक नयाँ उत्पादनहरु पनि आविष्कार गर्न जारी राखेको छ । विश्वव्यापी मापदण्डहरूबाट प्रेरित भएर, कम्पनीले ठमेल लाउन्ज पार्लरलाई कायम राखेको जनाएको छ । यसले बास्किन रोबिन्सको अद्वितीय विशेषता, ३१ वटा स्वादहरू प्रदान गर्नेछ । साथै, कम्पनीलसँग दैनिक आधारमा कायम राख्नको लागि व्यवस्थित खाद्य सुरक्षा योजना रहेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x