Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रम प्रशासन सुधारका लागि आईएलओको सहयोर्ग

श्रम प्रशासन सुधारका लागि आईएलओको सहयोर्ग


काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक विभिन्न सामग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आईएलओले पाँचवटा मोटरसाइकल, २४ वटा ल्यापटप–प्रिन्टरलगायतका सामग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आईएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए ।

आईएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रमशोषण र बालश्रमविरुद्धका क्षेत्रमा आईएलओले नेपालमा काम गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x