जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’
काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।
काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदानप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् । ‘जिप एसयूभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौँ’, जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने ।
त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ’, उनले भने ।
नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफका सीईओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । उनले भने, ‘हामीलाई विश्वास छ जिप क्लबले हाम्रा ग्राहकलाई जिपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत् बनाउनेछ ।’
अन्तर्राष्ट्रियस्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु सञ्चालनमा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
- प्रभु केवलकारको आईपीओ निष्काशन कुमारी क्यापिटलले गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया