नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ महजोडी नियुक्त
काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘ब्राण्ड एम्बेसडर’को रुपमा नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा महजोडीलाई एम्बेसडर नियुक्त गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका नायब प्रबन्धनिर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुबारे आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्रान्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए । यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ । मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ट पहिचान भएका ‘ब्राण्ड एम्बेसडर’द्वयको संलग्नताबाट कम्पनीका ग्राहक वर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहज रुपमा प्राप्त गर्न सम्भव हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
- प्रभु केवलकारको आईपीओ निष्काशन कुमारी क्यापिटलले गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया