लस्कर फुड्सको ‘कर्पोरेट लन्च अफर’
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ‘कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर तथा कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए । लस्कर फुड्सले यस अफरसँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । यसको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । वस्तीका अनुसार तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कमर्स, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले कर्पोरेट लन्च अफर अघि सारेको जनाएको छ । बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत वस्तीको दाबी छ । प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया