चौथो नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट
काठमाडौं । ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथो नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ’ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिमसहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्षभन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् ।
कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रुपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत ’भर्चुअल’ सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ ।
इन्टरनेशनल रिप्रिजेन्टेसन अवार्ड, पोटेन्सियल साइन्टिस्ट अवार्डलगायत सहभागी छात्राहरूमध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पूरा गर्न ’वुमेन रिसर्च ग्रान्ट’ प्रदान गरिने आयोजकले बताएको छ । सम्मेलनमा सहभागीहरूमध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ । सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चरलगायत छलफलहरू हुनेछ ।
सम्मेलनले कृषि, वन, पशुपक्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणीय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिकलगायतका विषयहरू समेट्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया