Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकथावाचक साइग्रेस र जस्मिन पेन्ट्सबीच रणनीतिक साझेदारी

कथावाचक साइग्रेस र जस्मिन पेन्ट्सबीच रणनीतिक साझेदारी


काठमाडौं । जस्मिन पेन्ट्सले कथावाचक साइग्रेस पोखरेलसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । जस्मिन पेन्ट्सले विगत २७ वर्षदेखि सबैभन्दा प्रख्यात र उच्च गुणस्तरको रंगहरु उत्पादन गरी बिक्री गर्दै आएको छ । स्वदेशी उत्पादनहरु सिर्जना गरि स्वदेशमै रोजगारी अवसर प्रदान गर्ने, आत्मनिर्भर बन्ने उद्देश्य बोकेको मनकामना गु्रपको जस्मिन पेन्ट्ससहित फरक उत्पादनका अन्य सात कम्पनी छन् ।

जस्मिन पेन्ट्सलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्रदान गरिँदै आएको छ । यो नेपालका रंगहरुमध्ये पहिलो स्थान हात पार्न सफल भएको छ । यस्तै स्टोरी टेलर पोखरेलले कलात्मक कथाको माध्यमबाट नेपाली जनतामा सामाजिक प्रभाव सिर्जना गरेका छन् । स्वदेशमै उत्पादन गर्ने प्रयासलाई हृदयदेखि समर्थन गर्दै नेपाली ब्रान्डको हिस्सा हुन पाउँदा हर्षित भएको उनले बताए । जस्मिन पेन्ट्सका प्रबन्धकले साइग्रेसको व्यक्तित्वको साथ पाउँदा आफूहरु उत्साहित भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x