रियलमी जिटी नियो २ डीएक्सओ मार्क ब्याट्री टेष्टको दोस्रो स्थानमा
काठमाडौं । रियलमी जिटी नियो २ ले डीएक्सओमार्क ब्याट्री टेस्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ । यो परीक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रोलाई रियलमी जिटी नियो २ पछि पार्न सफल भएको छ ।
स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डीएक्सओमार्क अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो । रियलमी जिटी नियो २ लाई तीन वटा परीक्षणहरुमा मापन गरिएको थियो । यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको कम्पनीको दाबी छ । अटोनोमीमा प्रथम (कति समय ब्याट्री टिक्छ वा ‘ब्याट्री लाइफ’), चार्जिङमा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र इफिसियन्सीमा उत्कृष्ट दुई (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ)मा परेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया