नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको घोषणा
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (न्येफ) ललितपुर च्याप्टरको औपचारिक घोषणा गरिएको छ । युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले गत बुधबार उक्त च्याप्टरको घोषणा गरिएको हो ।
आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ, जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष रहेका छन् । सो अवसरमा न्येफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो । उक्त एमओयूमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी)का तर्फबाट एनजीसीका अध्यक्ष उदीप श्रेष्ठ र ललितपुर च्याप्टरका तर्फबाट अध्यक्ष आभूषण ज्योति कंसाकारले हस्ताक्षर गरेका थिए । नयाँ कार्यसमितिमा मनिष थापा, रोविन झा, शिकार पाण्डे, एल्विस रञ्जित, निरज अग्रवाल, बिलशा श्रेष्ठ, विश्वास अधिकारी रहेका छन् ।
समारोहमा एनजीसीका अध्यक्ष उदीप श्रेष्ठले न्येफको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए भने एनजीसीका च्याप्टर उपाध्यक्ष सुमोदमान सैंजुले अध्यायको दिशानिर्देशका साथै अगाडि बढ्नका लागि आवश्यक उद्देश्य र भविष्यमा पालना गर्नुपर्ने कामहरुको व्याख्या गरेका थिए । साथै ललितपुर च्याप्टरका नवनिर्वाचित अध्यक्ष कंसाकारले आफ्नो कार्यकालको भावी योजना र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया