Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता

स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता


काठमाडौं । अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस न्युज डट कम र वर्ल्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो । यो विश्वविद्यालयमा ३० हजार बढी अन्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन् । यो विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाइ सकिएपछि गुगल, एप्पल र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरुमा चार हजार आठ सयभन्दा बढी इन्टर्नशिप प्लेस्मेन्टको सुविधा उपलब्ध गराएको छ ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने काम पहिलो प्राथमिकतामा राख्छ । र स्टडी ग्रुपको मुख्य उद्देश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने नै हो । स्टडी ग्रुप फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको बृहत् शैक्षिक कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु भर्ना गर्नको लागि ट्रस्टेड पार्टनर हो । स्टडी ग्रुपले विश्वभरका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसनसम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको छ । स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समा पाथ वे प्रोभाइडर अफ द इयर पनि हुन सफल भएको थियो ।

स्टडी ग्रुपका सीईओ एम्मा ल्यान्कास्टरले अमेरिका अध्ययनको लागि आउन चाहने विद्यार्थीहरुमध्ये धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथम्याटिक्स (एसटीईएम) अन्तर्गतका विषयहरु पर्ने बताए । त्यसैले यी विधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेको उनको भनाइ छ । स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पूरा गर्न पनि सहयोग गर्ने उनले बताए ।

अहिलेको डिजिटल संसारमा स्थानीय विद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग एक–अर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्ने पनि उनको भनाइ छ । पार्टनरशिपलाई स्वागत गर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले स्टडी ग्रुपसँग मिलेर काम गर्न पाएकोमा अत्यन्तै हर्षित रहेको र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो आधुनिक र शानदार क्याम्पसमा स्वागत गर्न उत्साहित रहेको बताए । स्टडी ग्रुपले फेब्रुअरी २०२२ बाट अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिन सुरु गर्नेछ । २०२२ को फलमा उनीहरु युनिभर्सिटी जान पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x