ओप्पो इन्नो वर्ल्डका छुटाउनै नहुने शीर्ष पाँच आकर्षण
काठमाडौं । विश्व नै कोरोना महामारीसँग लडिरहेको बेला ओप्पोले आफ्ना विभिन्न प्राविधिक सफलताहरु प्रदर्शित गर्नका लागि आयोजना गर्ने वार्षिक प्राविधिक समारोह ओप्पो इन्नो डेको स्वागतार्थ भर्चुअल खेल मैदान इन्नो वर्ल्डको निर्माण गरी ‘भर्चुअस इन्नोभेसन’को वाचा पूरा गरेको छ । इन्नो वर्ल्ड रोमाञ्चक प्रविधिद्वारा सुसज्जित रहेको छ । तीमध्ये पनि हेर्न छुट्याउनै नहुने पाँच शीर्ष प्रविधिका बारेमा यहाँ उल्लेख गरिएको छ ।
व्यक्तिगत इन्नो वर्ल्ड अवतारमार्फत रचनात्मकता
कम्पनीका अनुसार लेदर ज्याकेट, टोर्न जिन्स र लामो कपालका साथमा कतै ग्राहकको मनमा पनि रक स्टार बन्ने चाहना लुकेको भए ओप्पोको भर्चुअल वर्ल्डमा विभिन्न अवतार स्किन्स र एक्सेसरिजको छनोट गरी यहाँ रक स्टार बन्न सकिने सुविधा उपलब्ध गराइएको छ । इन्नो वर्ल्डमा, मात्र केही क्लिक्समार्फत ग्राहकले आफ्नो अवतारलाई नाम दिन सक्नेछन् । तिनको स्टाइल छनोट गरी विभिन्न एक्सेसरिजमार्फत एउटा छुट्टै पहिचान दिन सकिने कम्पनीले जनाएको छ ।
ओप्पोका नवीनतम अभूतपूर्व आविष्कारहरुको अनुभूति
इन्नो वर्ल्डका वास्तुकारहरुले हरेक बिल्डिङ तथा आकृति त्यसमा निहित प्रविधि प्रतिविम्बित गर्ने किसिमले बनाइएका छन् । क्यामेराको प्रतीकात्मकतामा डिजाइन गरिएको इमेजिङ हलमार्फत ओप्पोले आफ्नो भिजनअनुरुप प्रयोगकर्तालाई तिनका दैनिक जीवनका सुन्दर पक्ष नियाल्न सघाउने आफ्ना शक्तिशाली इमेजिङ प्रविधिहरुबारे जानकारी प्रस्तुत गरेको छ । त्यसैगरी, रेनोभेटर्स शोरुममा आगन्तुकले विश्वभरका युवा कलाकारका कला सामग्रीको मज्जा लिन सक्छन् । कला र प्रविधिबीचको अन्तर्सम्बन्ध देखाउने उद्देश्यका साथ यसलाई दिइएको घुमाउरो आकारका कारण बिल्डिङ सहजै पहिचानमा आउँछ । केन्द्रमा रहेको वर्गमार्फत ओप्पोले आफ्नो प्राविधिक समारोह ओप्पो इन्नो डे २०२१ को लाइभ स्ट्रिमिङ गरेको थियो । इन्नो डेका दौरान के कस्ता अत्याधुनिक नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक/प्रदर्शित हुनेछन् भन्ने इसारा गर्ने उद्देश्यका साथ मयूरका चम्किला प्वाँखझैँ देखिने हलपनि भर्चुअल मेला स्थलमा देख्न सकिन्छ ।
नयाँ मित्रहरु भेट्दै कनेक्टेड रहनुहोस्
इन्नो वर्ल्डमा हरेक अवतार अभिव्यक्तिका लागि स्वतन्त्र छन्, वरपरका विभिन्न क्षेत्र नियाल्दै गर्दा तिनले आफू वरपरका जो कोहीसँग च्याट गर्दै कनेक्टेड रहन सक्छन् । आगन्तुकले आफ्ना भनाइ तथा अनुभूति व्यक्त गर्न सकून् भन्ने उद्देश्यका साथ इन्नो वर्ल्डमा बुलेटिन बोर्डको व्यवस्था पनि गरिएका छन् । साथै, आफ्नो अवतारमाथि इमोजीको प्रयोग गरी विश्वलाई तपाईँ कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्ने जानकारी पनि दिन सकिनेछ ।
ओप्पोको भविष्यको एचक्यूसँग सेल्फी
भर्चुअल विश्वसँगको आशाअनुरुप इन्नो वर्ल्ड पनि लिपिबद्ध कथाबाट अछूतो छैन । आगन्तुकले घुम्दै गर्दा शेन्चनमा अवस्थित ओप्पोको भविष्यको मुख्यालयको डिजिटल कपी पनि देख्न सक्नेछन् । आर्किटेक्ट जाहा हडिडद्वारा डिजाइन गरिएको यो चामत्कारिक वास्तुकला आगन्तुकले खोजी गरी भेट्टाऊन् भन्ने उद्देश्यका साथ इन्नो वर्ल्डभित्र लुकाएर राखिएको कम्पनीले जनाएको छ ।
ओप्पोका साथमा भविष्यको पुनः कल्पना
ओप्पोका हरेक कार्य कम्पनीको ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’मा आधारित हुने गरेको छ । यसैको निरन्तरताअनुरुप ओप्पोले इन्नो वर्ल्डमार्फत पारम्परिक अनलाइन लञ्चका कार्यक्रमभन्दा पृथक् अनलाइन र अफलाइन दुवैको सर्वोत्कृष्ट पाटो समेटेर अभूतपूर्व स्पेसको सिर्जना गर्दै थप फिचरका साथ प्रस्तुत गरेको छ । इन्नो वर्ल्ड विश्वभरका मानिसलाई भेला गरी नवप्रवर्तनका साथमा ओप्पोसँगै भविष्यको पुनः परिकल्पना गर्न सिर्जित एक स्थान हो ।
ओप्पोको आन्तरिक प्रविधिको प्रदर्शनीकै उपजका रुपमा विकसित ओप्पो इन्नो डेको यो सार्वजनिक कार्यक्रमका रुपमा तेस्रो वर्ष हो । यसका साथै यो अहिले कम्पनीका नवीनतम प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने एक विशिष्ट समारोहका रुपमा विकसित भइसकेको छ । आगामी दिनमा पनि ओप्पोले आफ्ना फ्यान्ससँग अझ अन्तर्क्रियात्मक कार्यक्रमका रुपमा इन्नो डेका नयाँ संस्करणलाई थप विकसित गर्दै सबैका लागि प्राविधिक पर्वका रुपमा प्रस्तुत गर्दै लैजाने कार्यलाई निरन्तरता दिने जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया