नाडामा पदाधिकारी चयन
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारी चयन गरेको छ । गत मंसिर २३ गते काठमाडौंमा सम्पन्न नाडा ४५औँ वार्षिक साधारणसभाले ध्रुवबहादुर थापाको नेतृत्वमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो ।
नाडाको संशोधित विधान २०७८ को दफा २०.७ बमोजिम बुधबार बसेको कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत निर्वाचन गरेको हो । साथै बैठकले दुई जना आमन्त्रित सदस्य समेत मनोनीत गरेको छ । नाडाको पदाधिकारीमा अध्यक्ष थापासँगै निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्ष सुभाष आचार्य र मोहनबाबु श्रेष्ठ, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकार श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल चयन भएका छन् ।
नाडाको कार्यसमिति सदस्यहरुमा तेजनारायण साह, सुदेशकुमार श्रेष्ठ, गणेश भट्टराई, भद्र भण्डारी, पुष्कर ओझा, आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति, अनुपकुमार बराल, कपिल शिवाकोटी, निलमणि पाठक, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, वरदान बस्नेत र गोपाल भट्टराई छन् । यसैगरी अध्यक्ष थापाले दिपक कुमार अग्रवाल, सोहन बहादुर श्रेष्ठ र अभिमन्यु गोल्छालाई कार्यसमिति सदस्य तथा निशान ढकाल, अमृत जोशीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेका छन् ।
त्यसैगरी नाडाको बैठकले नेपाल राष्ट्र बैंकले गत सोमबार सवारीसाधनहरु आयात गर्न प्रतीतपत्र ( एलसी) खोल्दा अनिवार्य रुपमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेकोले उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । उक्त परिपत्रबाट अटोमोबाइल व्यवसायीहरु मात्र नभई उपभोक्ताहरु समेत ठूलो मारमा परेको नाडाको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया