हुवावेको ग्लोबल फ्ल्यागशिप सिड्स फर द फ्युचर कार्यक्रम
काठमाडौं । हुवावेले यस वर्षको सिड्स फर द फ्युचर–ग्लोबल फ्ल्यागशिप (सीएसआर) कार्यक्रम आयोजना गरेको छ । स्नातक तहका विद्यार्थीहरूका लागि बुधबार एक कार्यक्रम आयोजना गरी समापन गरिएको हो ।
नेपालमा पहिलोपटक आयोजना भएको यस कार्यक्रममा नौ विभिन्न आईसीटी पृष्ठभूमिबाट आएका, आठ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका छन् । कार्यक्रममा उनीहरुलाई शिक्षा–विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । अक्टोबर ६ र नोभेम्बर ७ बीच हुवावेले आफ्नो आवेदन पोर्टलमा नेपालभरबाट एक सय ३६ आवेदनहरू प्राप्त गरेको थियो, जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरु मिलेर बनेको सिड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यकाबाहिरका चार जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो ।
नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग आठ दिने अनलाइन तालिममा भाग लिने मौका पाए । साथै विद्यार्थीहरुले घान्द्रुकमा हुवावेद्वारा निर्मित फोरजी बेस स्टेसनको भ्रमण गरे । उक्त भ्रमणमा डिशहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरू पनि सञ्चालन भए । छनोट भएका विद्यार्थीहरूले टेक फर गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । जहाँ उनीहरूले सामाजिक र वावातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन मौका पाउनेछन् । साथै २० हजार डलरसम्मको पुरस्कार जित्न सक्नेछन् । सिड्स फर द फ्युचर पहिलोपटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता एक सय ३० देशका नौ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले एसिया–प्यासिफिक क्षेत्रका धेरै मानिसहरूलाई लाभान्वित गर्न सरकारहरूले इनोभेसन–सञ्चालित विकासका सिद्धान्तहरू पालना गर्न, डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्वलित गर्न र डिजिटल प्रविधिहरूको उपलब्धिहरूलाई सक्षम पार्नु पर्नेमा जोड दिइन् । उनले उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपाल बीच पुलको काम गर्ने आशा व्यक्त गरिन् । राजदूत होउले हुवावेको नेपालप्रतिको २१–वर्षे प्रतिबद्धता, नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पु-याउने बताइन् ।
कार्यक्रममा मन्त्री पौडेलले नेपालको आईसीटी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको विकास गर्न हुवावेले गरेको कामका लागि धन्यवाद दिँदै ह्वावेलाई यो जस्तै अन्य कार्यक्रमहरू ल्याउन अनुरोध गरे । साथै विद्यार्थीहरुलाई आफूले पाएको ज्ञान आफ्ना साथीहरूसँग बाँड्ने आशा पनि व्यक्त गरे । विश्वव्यापी रूपमा अगाडि बढिरहेको हुवावेले नेपाली युवाहरूलाई थप प्रविधिमैत्री बनाउन काम गर्न सक्ने पौडेलले जनाए । प्रा. तिमिला यमी थापाले विज्ञहरुलाई आईसीटीले धेरै योगदान दिनुका साथै प्राविधिक शिक्षामा विद्यार्थी र ग्रामीण क्षेत्रका महिलाहरूलाई ध्यान दिनुपर्ने बताइन् । यस टेक फर गुड प्रोजेक्टमा विद्यार्थीहरुले नोभेल मोबाइल एप्लिकेसनका बारेमा जानकारी दिए । अकिंत खनाल युनिका बज्रचार्यले आ–आफ्नो प्रोजेक्ट ग्रोवर्स पोइन्टरको बारेमा बताए । ग्रोवर्स पोइन्टरले मधुमेह रोगीलाई ग्लुको मिटर रिडिङ गर्न र इनसुलिन डोसेज अलर्ट गराउन मद्दत गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया