अंग्रेजी नयाँ वर्षमा आईएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार योजना
काठमाडौँ । आईएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मूलनाराका साथ आईएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।
स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत चार देशबाट चार जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले १० हजार रुपैयाँ उपहारस्वरूप प्राप्त गनेछन् ।
त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चार जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत नेपालमा पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउनेछन् ।
उक्त योजना माघ २१ गतेसम्म जम्मा ४३ दिन अर्थात् छ हप्तासम्म कायम हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया