क्लाउड कम्पुटिङमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य
काठमाडौँ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । रोजगारीको सम्भावना क्षेत्र क्लाउड कम्प्युटिङमा दक्ष जनशक्ति उत्पादन गर्नको लागि फाउण्डेसनले जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्नलागेको हो ।
साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थीले बीएससी आईटी (आनर्स)को साथसाथै जेनिश क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्प्युटिङ्ग सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् । सन् १९९८ मा स्थापित यस फाउण्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी (एपीयू) मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (बीएससीआईटी) र (बीबीएम) विषयमा अध्यापन गराउँदै आएको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई समेत विशेष महत्वका साथ अवलम्बन गरेको जनाएको छ । कलेजका अध्यक्ष पंकज जालानले यस सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने बताए । जेनिश क्लाउड एकेडेमी जेनिश सोलुसनको पहलमा क्लाउड कम्प्युटिङमा विद्यार्थीहरुलाई तालिम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।
यस एकेडेमीले सूचना प्रविधि र प्रबन्धका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा स्रोतहरु प्रदान गर्ने लक्ष्य राखेको छ । जुन उनीहरुले क्लाउड कम्प्युटिङको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वयन गर्न सक्नेछन् ।
यस कार्यक्रमले विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्नुका साथै क्लाउड कम्प्युटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन् । जेनिश क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुँयालले यस्तो सहकार्यको आवश्यकतामाथि जोड दिँदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीएका सहयात्री संस्थाहरुमा इन्टर्नसिप गर्न पाउने बताएकी छिन् । कलेजले यस बीएससी आईटी कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रासहित तीन जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी दिएको छ । छात्रवृत्ति छनौट एकेडेमीको अगुवाइमा गठित छात्रवृत्ति छनौट समितिले गर्नेछ ।
हाल क्लाउड कम्प्युटिङ्गको प्रयोग व्यावसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार तीन खर्ब डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले क्लाउड कम्प्युटिङमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ ।
यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुँदै गइरहेका छन् । पछिल्ला तीन वर्षमा यस क्षेत्रमा दुई सय २३ प्रतिशतले रोजगारी वृद्धि भएको देखिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया