उद्योग संगठन र श्रीलंकाली राजदूतबीच व्यापार सहजीकरण गर्ने समझदारी
विराटनगर । उद्योग संगठन मोरङ र श्रीलंकाको बीचमा हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि आपसी अनुभव, सीप तथा प्रविधि, पर्यटन, व्यापारका क्षेत्रमा सहकार्य गर्ने गरी संगठन र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाबीच सहमति भएको छ ।
श्रीलंकाली दूतावास काठमाडौंमा राजदूत अरुणतिलकासँग संगठनको प्रतिनिधिले भेट गरेको थियो । भेटमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपालबीच पौराणिक कालदेखि नै मित्रवत् सम्बन्ध रहँदै आएको बताए । दुई देशबीच धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरु समेतमा भएको समानतालाई आर्थिक एवं व्यावसायिक महत्वमा रुपान्तरणको सम्भावनाबारे उनले आफ्ना धारणा राखेका थिए ।
प्याकुरेलले औद्योगिक क्षेत्रमा विशेष गरी चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपालबीच सिधा हवाइ उडान समेत प्रारम्भ भइसकेको हुँदा पर्यटन क्षेत्रमा समेत श्रीलंका र नेपालका बीच व्यावसायिक सम्बन्धको विकास गर्न आग्रह गरे । नेपाली उद्योगी र श्रीलंकाली उद्योगीहरुबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई आग्रह समेत गरेका थिए ।
निर्यातमूलक उद्योगहरुको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासको अनुभव तथा प्रयासबारे नेपाली उद्योगीहरु जान्न र बुझ्न उत्सुक रहेको भन्दै अध्यक्ष प्याकुरेलले श्रीलंकाली राजदूतको ध्यानाकर्षण समेत गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरुबीच राजदूतावासले निरन्तर सहजीकरण गर्न तत्पर रहेको उल्लेख गरिन् । उनले संगठनको टोलीलाई श्रीलंकाको भ्रमणका लागि आमन्त्रण समेत गरेकी थिइन् ।
उक्त भेटघाट कार्यक्रममा श्रीलंकास्थित सरकारी तथा व्यावसायिक संघ/संस्था तथा सम्बन्धित औद्योगिक पक्षहरुसँग संस्थागत व्यावसायिक भेटघाट तथा बीटुबी मिटिङहरुको सहजीकरण दूतावासले गरिदिने वाचा समेत श्रीलंकाली राजदूतले गरेको संगठनले जनाएको छ ।
उक्त अवसरमा दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बरअफ इण्डष्ट्रिजका बीच संस्थागत सहकार्यका लागि आगामी २७ जनवरीमा दुवै संस्थाबीच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम समेत तय भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया