बसभित्रै पार्टी, डिस्को र बार
काठमाडौँ । रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको बसमा बसभित्र नै पार्टी गर्न मिल्नेछ । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै कम्पनीले पार्टी बस सञ्चालनमा ल्याए पनि कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुगेको थियो ।
कम्पनीले कोरोना भाइरसका कम हुँदै गएपछि पुनः पार्टी बस सञ्चालनमा ल्याएको छ । पछिल्लो समय पार्टी बसको माग बजारमा ह्वात्तै बढेको कम्पनीको दाबी छ । महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनहरुमा माग ह्वात्तै बढेको रेस नेपालले बताएको छ । कोरोना महामारीको जोखिम कम हुन थालेसँगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुनथालेको पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले बताए ।
रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको इन्ट्रोडक्सन भिडियो अपलोड गरेको छ । जसमा यसलाई साउथ एसियामा नै पहिलो पटक सञ्चालनमा आएको पार्टी बस भनिएको छ । पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनेछ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिसन, शौचालयलगायतको व्यवस्था छ । जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्र्टी, भिजा पार्टीलगायत निजी बुकिङ गरी व्यक्तिगत पार्टी बनाउन सकिन्छ ।
विभिन्नखाले विशेषता भएकोले अहिले युवापुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्यजस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुनसक्छ । यसमा उच्च वर्गकाहरुले मात्र नभई लोकल रुपमा पनि मानिसहरुले प्रयोग गर्नसक्ने कम्पनीको भनाइ छ ।
दैनिक बेलुका ८ बजेपछि रिङ्ग रोड र काठमाडौंको भित्री भागमा हप अन राइड अर्थात् लोकल मानिस पनि रमाइलो गर्नका लागि बस चढ्ने र पार्टी सकिएपछि झर्न मिल्ने व्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । यसले गर्दा लोकल मानिसहरु समेत यसमा आकर्षित हुने इन्चार्स खड्काले बताए ।
प्रायः रिङरोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ । प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्ने हप अन राइडको लागि रातको ८ बजेपछि पार्टी बसले चोक–चोकमा पुगेर मागअनुसार पिकअप गर्ने र पार्टी सकिएपछि सोही ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ ।
रेस्टुरेन्टहरु निश्चित समयसम्ममात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरञ्जन दिने गरेका छन् । अहिले नयाँ पुस्ताहरुका लागि गुडिरहेको बसमा आफ्नो इच्छाअनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समूह बनाएर मनोरञ्जन लिनु पनि एउटा नयाँ र मिठो अनुभव हुनसक्छ ।
पार्टी बसको योजना
डेनमार्क निवासी असोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवद्र्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरे । अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ । पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बसहरु समेत आउँदै छ । अहिले पार्टी नेपालको दुई बस सञ्चालनमा छन् ।
कहाँ कसरी र कसले रुचाउँदै छन् पार्टी बस ?
पछिल्लो समय समूह बनाएर आफ्नो थिमअनुसारको पार्टीमा सञ्चालन हुने गरेको छ । विशेषतः कलंकी, ललितपुर, भक्तपुर, बूढानीलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ । यसको माग बढ्दो क्रममा रहनुका साथै आफूले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोही ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घरनजिकै झर्नेहरुको संख्या बढ्दो छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया