थाईल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकासमा जोड
काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघले थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकासमा जोड दिएको छ । दुवै देशका उद्यमी व्यवसायीबीच सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नमा ठोस कदम चाल्नुपर्नेमा संघले विशेष जोड दिएको हो ।
संघ सचिवालयमा सोमबार थाइल्यान्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत कार्यक्रमको आयोजना गरी संघले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्स र थाइल्यान्डका उद्योग वाणिज्य संघहरुसँग भ्रातृत्वको सम्बन्ध स्थापित गर्न सहयोगका लागि दुवै देशका राजदूतलाई आग्रह समेत गरेको छ । कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद मानन्धरले भक्तपुर जिल्लाको आर्थिक विकासमा थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए ।
यस्तै उनले थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने बताए । कार्यक्रममा थाइल्यान्डका राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पु-याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताए ।
त्यस्तै श्रीलंकाकी राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको सुनाउँदै श्रीलंका र नेपाल दुवै पर्यटन उद्योगमा केन्द्रित मुलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताइन् । उनले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पु-याउने विश्वास समेत दिलाइन् ।
उक्त कार्यक्रममा संघका सल्लाहकार, कार्यसमिति सदस्य एवं विभिन्न वस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया