नो वे होमलाई सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि
काठमाडौँ । मार्वल कमिक्स चरित्र स्पाइडर–म्यानमा आधारित २०२१ को अमेरिकी सुपरहिरो फिल्म स्पाइडर–म्यान नो वे होमले बक्स अफिसमा १ बिलियन अमेरिकी डलर कमाएको छ । उक्त फिल्मलाई कोलम्बिया पिक्चर्स र मार्वल स्टुडियोले निर्माण गरेको हो भने सोनी पिक्चर्सले रिलिज गरेको हो ।
जोन वाट्सद्वारा निर्देशित यस फिल्ममा टम होल्यान्ड (पिटर पार्कर), जेन्डिया, बेनेडिक्ट कम्बरब्याच, ज्याकब बटालोन, जोन फभरेउ, जेमी फक्स, विलेम डफो, अल्फ्रेड मोलिना अदिको मुख्य भूमिका रहेको छ । स्पाइडर–म्यान होमकमिङ (२०१७) र स्पाइडर–म्यान फार फ्रम होम (२०१९) को सिक्वेल हो ।
यस फिल्मले महामारीका बेलमा पनि ग्लोबल बक्स अफिसमा २०२१ को सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि जित्न सफल भएको छ । नो वे होम अघि, जेम्स बन्ड (नो टाइम टु डाइ) जसले विश्वव्यापी रूपमा बक्स अफिसमा सात सय ७४ मिलियन डलर कमाएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया