Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल मेडिकल कलेजले ओपीडी र इमरजेन्सीमा निःशुल्क भर्ना लिने

नेपाल मेडिकल कलेजले ओपीडी र इमरजेन्सीमा निःशुल्क भर्ना लिने


काठमाडौँ । नेपाल मेडिकल कलेजले एक महिनासम्म विभिन्न सेवाहरुमा शतप्रतिशत छुट दिने भएको छ । जोरपाटी अत्तरखेलस्थित कलेजले स्वास्थ्य सेवातर्फ उपचारार्थ आउने बिरामीहरुलाई एक महिनासम्म छुट दिने घोषणा गरेको हो ।

कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका बिरामीलाई लक्षित गर्दै सबै प्रकारका जनरल बेडहरु निःशुल्क गरिएको बताए । कलेजले पुस १५ गतेदेखि माघ १५ गतेसम्म इमरजेन्सी, ओपीडी र जनरल बेडहरुमा भर्ना शुल्क शतप्रतिशत छुट गरेको हो ।

कलेजमा अब कुनै पनि उपचारका लागि आउने बिरामीले एक महिनासम्म ओपीडीको टिकटमा पैसा तिर्नुपर्दैन भने जनरल बेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ । ‘इमरजेन्सीमा आउने सम्पूर्ण बिरामीहरुलाई बिरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौँ, ओपीडीमा पनि नयाँ र पुरानो दुवै विरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने साधारण शय्यामा भर्ना हुन आउने बिरामीलाई पनि शय्या शुल्कमा ५० प्रतिशत छुट गरेका छौँ’, म्यानेजिङ डाइरेक्टर अन्सारीले भने ।

छ महिनाअगाडि मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, ज्येष्ठ नागरिकलगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जानकारी दिए । ‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन् । आर्थिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौँ’, अन्सारीले भने ।

अन्सारीले नेपाल मेडिकल कलेजमा प्रवेश गरेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छन् । समयसापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउँदै कलेजले आउँदा दिनहरुमा आईसीयू सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । यसका लागि थप २३ वटा आईसीयू बेड थप गर्ने भएको छ । यस्तै, मिर्गौला, क्यान्सर रोग लागेका बिरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरु प्रभावकारी बनाउँदै लैजाने बताएको छ ।

आगामी वर्षहरुमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्याबसहितको पूर्वाधार थप्ने भएको छ । कलेजले इमरजेन्सी सेवालाई थप व्यवस्थित र चौबीसै घण्टा विशेषज्ञसहितको चिकित्सक व्यवस्थापन गरेको छ । इमरजेन्सीमा आउने कुनै पनि बिरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका वरिष्ठ चिकित्सकको नेतृत्वमा इमरजेन्सी सेवा रहेको बताइएको छ ।

यसैगरी कलेजले ल्याबतर्फका सेवालाई पनि थप गर्ने भएको छ । निकट भविष्यमै अस्पतालको ल्याबतर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने भनिएको छ । ‘अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्नेछौँ’, उनले भने । कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ ।

सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरुलाई ल्याब, बेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x