चिसोबाट जोगाउन प्रदेश २ सरकारको तयारी
जनकपुर । अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेको र केही दिनभित्रै वितरण गर्ने जानकारी दिए । यस वर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ ।
‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं’, उनले भने, ‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।’ शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए । विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ ।
बर्षेनी चिसोबाट प्रदेश नं २ मा करिब १५ प्रतिशत नागरिक प्रभाबित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । ‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसंख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभाबित हुने गरेका छन्’, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, ‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।’
हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणहरु ज्यान गुमाउने गरेका छन् । पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश नं २ मा ७४ जनाको मृत्यु भइसकेको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेश नं २ मा १० जनाको मृत्यु भएको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म रौतहटमा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ भने सप्तरीमा १८, सिरहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया