Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनर्भिकका हेल्थ प्याकेजमा १० प्रतिशत छुट

नर्भिकका हेल्थ प्याकेजमा १० प्रतिशत छुट


काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।

अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबैखालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । यस्तो छुट पाउन विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रिन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्नेछ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रिनसटसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिनचाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ ।

नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्वको रुपमा प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गर्दै आएको छ ।

अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x