सुनसरीको दुहवी बजारमा फरवार्ड सुपरमार्केट
सुनसरी । सुनसरीको दुहवी बजारमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आउनलागेको छ । अंग्रेजी नयाँ वर्षको दिनको अवसर पारेर शनिबारदेखि उक्त सुपरमार्केट सञ्चालनमा आउनलागेको हो । यो सुपरमार्केट उक्त क्षेत्रकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त यस सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सरसामान सुपथ मूल्यमा खरिद गर्नसक्ने बताइएको छ ।
करिब १० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषका जुत्ता चप्पल, ब्याग, एलजी, स्काईवर्थ, खेतानजस्ता प्रख्यात कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिनलगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ । उपभोक्तालाई बजारको सुपथ मूल्यमा स्थानीय उत्पादनदेखि विश्व बजारका प्रख्यात ब्राण्डेड सामानहरु बिक्रीवितरण गर्नु कम्पनीको उद्देश्य भएकाले कुनै पनि सामान अन्य पसल र स्टोरको दाँजोमा सुपथ मूल्यमा पाइने सुपरमार्केटका डाइरेक्टर द्रव्यराज चौधरीले बताए ।
चौधरीका अनुसार सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुका लागि छुट्टै स्टल प्रबन्ध गरिएको छ । सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइनेछ । मदिरा, सौन्दर्य प्रसाधनका सामग्रीहरु, स्थानीय तहमा उत्पादित खाद्यान्न, तरकारी, फलफूलसमेत रहेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले उत्पादन गरेका सामग्री यसै फ्लोरमा पाइनेछ ।
माइक्रोफाइनान्समा आबद्ध भएर स्वरोजगार भएका महिला दिदीबहिनीहरुको सीप र जाँगरलाई कदर गर्दै उनीहरुद्वारा उत्पादित परम्परागत तथा कृषिजन्य वस्तुहरुलाई बजारीकरण गर्न फरवार्ड सुपरमार्केटभित्र छुट्टै स्थान छुट्याइएको हो । यस्तै ग्राउण्ड फ्लोरको अगाडि आकर्षक कफी सप समेत रहेको छ । जहाँ चिया, कफी, आइसक्रिमलगायत स्वादिष्ट बेकरीको स्वाद लिन सकिनेछ ।
फरवार्ड सुपरमार्केटको पहिलो तल्लामा होम अप्लाएन्सहरु रहेका छन् । उपभोक्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्राण्डदेखि नेपालमै निर्माण भएका गुणस्तरीय होम अप्लाएन्सहरु सुपथ मूल्यमा खरिद गर्न सक्छन् । यस्तै, दोस्रो तल्लामा महिला पुरुषका लागि चाहिने विभिन्न प्रकारका लत्ताकपडाहरु राखिएका छन् । तेस्रो तल्लामा बैंक रहेको छ । फरवार्ड सुपरमार्केटमा आएका उपभोक्तालाई पनि सहजै बैंकिङ सुविधा पु¥याउन तेस्रो तल्लामा राष्ट्रिय वाणिज्य बैंकको शाखा राखिएको हो । त्यसो त सुपरमार्केटकै ग्राउण्ड फ्लोर अगाडि विभिन्न बैंकहरुका एटीएम पनि राखिएका छन् ।
चौथो तल्लामा नेपालीदेखि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका जुत्ता चप्पलसँगै मोबाइल तथा मोबाइलका एसोसेरिज र सुनचाँदीका गरगहनाको पसल रहनेछ । यसै तल्लामा भिडियो गेमका लागि ‘गेमिङ जोन’ पनि रहनेछ । साथै, फरवार्ड सुपरमार्केटको व्यवस्थापकीय कार्यालय यसै फ्लोरमा रहेको छ । पाँचौँ तलामा भने आकर्षक फुडकोर्ट र किण्डरजोन रहनेछ । सुपरमार्केटमा सपिङ गर्न आएका उपभोक्ताहरुले किनमेलपछि आरामदायी फुडकोर्टमा बसेर परम्परागत नेपाली, इण्डियन, इटालियन, कन्टिनेन्टल परिकारका स्वादहरु लिन सक्छन् । साथमा, आकर्षक किण्डरजोन पनि भएकाले बालबालिकाहरुलाई खेलकुदयुक्त मनोरञ्जनका साधनबाट मनोरञ्जन लिन सक्नेछन् ।
छैटौं तल्लामा आधुनिक मल्टिप्लेक्स फिल्म हल रहनेछ । पछिल्लो समय दुहवी, खनार आसपासमा फिल्म हल सञ्चालन नहुँदा मनोरञ्जनका लागि विराटनगर, इटहरी जानुपर्ने बाध्यता छ । यही कुरालाई मनन गर्दै फरवार्ड सुपरमार्केटले आधुनिक फिल्म हल निर्माण गरिरहेको हो । हाल फिल्म हल निर्माणाधीन छ । आगामी वर्षमा हल सञ्चालनमा आउने बताइएको छ । फरवार्ड सुपरमार्केटमा अधिकांश सामानहरु डाइरेक्ट कम्पनीमार्फत आएकाले उपभोक्ताहरुले अन्य पसल र स्टोरहरुको दाँजोमा सर्वसुलभ मूल्यमा पाउनेछन् । सुपरमार्केटले स्थानीय तहमा रोजगारी समेत सृजना गरेको छ ।
अहिले प्रत्यक्ष रुपमा कम्पनीभित्र करिब तीन दर्जनले रोजगारी पाइरहेका छन् भने अप्रत्यक्ष रुपमा सुपरमार्केटसँग जोडिएर काम गर्नेहरुको संख्या सयौं छ । ‘स्थानीयलाई अर्थतन्त्रसँग जोड्दै उनीहरुको उत्पादन, ज्ञान र सीपलाई बजारीकरण गर्नु फरवार्ड सुपरमार्केटको मुख्य विशेषता हो’, फरवार्ड इन्टरप्राइजेजकी अध्यक्ष भगवती चौधरीले भनिन् ।
ओपनिङमा बम्पर अफर : फरवार्ड सुपर मार्केटको ओपनिङको अफरमा बम्पर उपहार योजना ल्याइएको छ । कम्पनीले पुस १७ गतेदेखि २४ गतेसम्मका लागि कुनै पनि सामानको खरिदमा ३० प्रतिशत छुट दिएको छ भने प्रत्येक दिन लक्की ड्रमार्फत उपहार योजना ल्याएको छ । प्रत्येक दिन राइस कुकर, आइरन, ग्लास सेटलगायतका उपहार योजना रहेका छन् ।
ग्राहकले एक हजार रुपैयाँसम्मको खरिदमा लक्की ड्र तथा २० हजारसम्मको खरिदमा बम्पर अफर कुपन प्राप्त गर्न सक्नेछन् । बम्पर उपहार गोलाप्रथाद्वारा अन्तिम दिन सार्वजनिक गरिनेछ । जसमा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन पाउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया