Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगुरु नानक मठ परिसरको व्यावसायिक टहरा निर्माणकार्य तत्काल बन्द गर्न माग

गुरु नानक मठ परिसरको व्यावसायिक टहरा निर्माणकार्य तत्काल बन्द गर्न माग


काठमाडौँ । बालाजु १६ नयाँबजार विष्णुमतीस्थित गुरु नानक मठ परिसरको जग्गा व्यावसायिक प्रयोजनको लागि अनधिकृत भवन निर्माण गरेको भन्दै स्थानीयले त्यस कार्यलाई तत्काल बन्द गर्न माग गरेका छन् ।

मठपरिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्थानीय तथा सरोकारवालाहरुले मठमन्दिर, धार्मिकस्थलमा व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्दा मठमन्दिर तथा पुरातात्विक महत्वका स्थल नष्ट र धार्मिक सम्पदामाथि आक्रमण भएको भन्दै टहरा निर्माणकार्य बन्द तथा संरचना भत्काउन माग गरेका हुन् ।

मठ संरक्षण तथा भवन निर्माण कार्य बन्द गर्न माग गर्दै स्थानीयले कामपा १६ वडा कार्यालय, काठमाडौं महानगरपालिका, गुठी संस्थान, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलाई पटक–पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको प्रति आक्रोश पोख्दै संरचना निर्माणकार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । जनप्रतिनिधि, म्हैपी युवा क्लब तथा स्थानीय सरोकारवालाले मठ तथा मठ परिसर संरक्षण अभियान नै चलाएको छ । अभियानमा कामपा १६ को वडा सदस्य जीवन मानन्धरले धार्मिक क्षेत्र तथा वन परिसरमा व्यावसायिक टहरा निर्माण गर्नु धार्मिक क्षेत्रमाथिको आक्रमण भएको बताए ।

मन्दिर परिसरमा वर्कसप तथा ग्रिल उद्योग सञ्चाल गर्दा वातावरणीय प्रदूषण हुने र चराचुरुङ्गीको वासस्थानमा समेत प्रभाव पार्ने बताए । उनले स्थानीयको विरोधपछि नगरप्रहरीले काम रोक्न दबाब दिँदा समेत अटेर गरी केही राजनीतिक दलको आडमा रातारात काम गरेको आरोप लगाए ।

त्यस्तै म्हैपी युवा क्लबका अध्यक्ष नवीन राजभण्डारीले मठपरिसर संरक्षण गर्दै पार्क तथा बगैँचा निर्माणका लागि अनुरोध गर्दागर्दै मठ प्रशासकले व्यावसायिक भवन निर्माणका लागि सम्झौता गर्नु नाजायज भएको बताए । त्यस्तै गुरु नानकका अनुयायी रवि सिंहले धार्मिक तथा पुरातात्विक महत्व राख्ने मठपरिसरमा व्यावसायिक भवन बन्नु विडम्बनाको विषय भएको बताए ।

गुरु नानक मठका महन्त नेमुनी उदासी र गुठी संस्थानको मिलेमतोमा कामपा म्हैपी २६ बस्ने व्यवसायी हेमराज श्रेष्ठलाई व्यावसायिक प्रयोजनको लागि मासिक २५ हजार रुपैयाँमा भाडा लिने गरी जग्गा भाडामा दिने सम्झौता गरिएको छ । भवनमा १० वटा सटर र माथि तला निकालिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x