दुहवीकै पहिलो सुपरमार्केट फरवार्ड सुपरमार्केट सञ्चालनमा
सुनसरी । ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ । फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटको कम्पनीकी अध्यक्षसमेत रहेकी पूर्वराज्यमन्त्री भगवती चौधरीले शनिबार शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा उनले दुहवी क्षेत्रको आर्थिक, सामाजिक विकास र ग्रामीण उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले फरवार्ड सुपरमार्केट सुरु गरिएको बताइन् । ‘स्थानीय जनताद्वारा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने तथा उनीहरुलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ मुल्यमा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ अध्यक्ष चौधरीले भनिन् ।
सुनसरीको क्षेत्र नं. ३ का जनताहरु आर्थिक, सामाजिक रुपमा पछि परेको बताउँदै चौधरीले जनताको जिवनस्तर उकास्न तथा उनीहरुको ज्ञान, सिपलाई व्यवसायीकरण गर्न राज्य तथा निजी क्षेत्रले ग्रामीण क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् । कुनैपनि क्षेत्रको विकास गर्नु छ भने सर्वप्रथम त्यहाँका जनताको जीवनस्तर उकास्न आर्थिक गतिविधि बढाउनुपर्ने चौधरीको भनाइ छ ।
फरवार्ड सुपरमार्केटले यहाँका जनताको लाइफ स्टाइललाई पनि परिवर्तन गर्न सहयोग पुग्ने उनको भनाइ थियो । साथै अन्य व्यवसायीहरुलाई पनि दुहवीमा ठूला र एकीकृत व्यवसाय गर्न सकिन्छ भन्ने अभिप्रेरणा दिने चौधरीले बताइन् । फरवार्ड इन्टरप्राइजेजले होलसेल तथा खुद्रा दुवै प्रकारले व्यापार गर्ने भएकाले स्थानीय व्यवसायीहरु समेत लाभान्वित हुने चौधरीले जिकीर गरिन् । चौधरीले फरवार्ड सुपरमार्केटले स्थानीय जनताद्वारा उत्पादित वस्तुहरु खरिद गर्ने समेत बताइन् । ग्रामीण भेगका जनतालाई उद्यमशीलतामा जोड्न फरवार्डले कृषि, पशु तथा परम्परागत सीपलाई व्यावसायिक बनाउन सहकार्य गर्ने पनि बताइन् ।
कार्यक्रममा संघीय सांसद तथा संसद्को महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा दिने बताइन् । साथै उनले चौधरीले फरवार्ड माइक्रोफाइनान्समार्फत लाखौँ महिलालाई गोलबद्ध गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न समेत योगदान पु-याएको चर्चा गरिन् । सुपरमार्केटले दुहवीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पालले सुपरमार्केटलाई सफल बनाउन स्थानीय जनताले साथ दिनुपर्ने बताइन् ।
कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको अर्थतन्त्र सुधार्न सहयोग पुग्ने तथा छरिएर रहेका व्यवसायहरुलाई पनि एकीकृत रुपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने बताए । सुपरमार्केटमा उपभोक्ताले कुनै पनि सामान खरिद गर्दा अधिकतम छनौट गर्नु सुविधा पाउने भएकाले क्वालिटी सामान पाउन सकिने मेयर गच्छदारको भनाई थियो ।
फरवार्ड इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले फरवार्ड सुपरमार्केटमा १५ हजार बढी सामानहरु रहेको जनाउँदै अब दुहवीबासीले कुनै पनि सामान खरिद गर्न इटहरी, विराटनगर तथा जोगवनीसम्म जान नपर्ने बताए । शुभारम्भको अवसरमा गायक सुमित खड्का, प्रितम आचार्य लगाय स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।
फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सामान एकै छानामुनिबाट सुपथ मूल्यमा खरिद गर्न सक्छन् । करिब २० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषका लागि आकर्षक जुत्ताचप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।
सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुकालागि छुट्टै स्टल प्रबन्ध गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया