आर्थिक समृद्धिको आधार व्यावसायिक कृषिको व्यापार
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक समृद्धिको आधार नै व्यावसायिक कृषिको व्यापार नै भएको बताएका छन् । गोरखा चेम्बर अफ कमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा व्यापार प्रवर्द्धन मेलाको उद्घाटन गर्दै उनले व्यावसायिक कृषिको विस्तारमा जोड दिएका हुन् ।
मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नबढ्ने भएकाले व्यावसायिक कृषिको प्रवर्द्धन हुनु अति आवश्यक रहेको र यसलाई निजी क्षेत्रले उद्योगको रुपमा अघि बढाउनुपर्ने उनले बताए ।
साथै उनले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिई कृषि पर्यटनलाई प्रवर्द्धन गर्न आग्रह गरे । कृषिलाई अभियानको रुपमा सञ्चालन गर्न जिल्ला चेम्बरसँग नेपाल चेम्बर सहकार्य गर्न तयार रहेको पनि उनले बताए । यस्तै उनले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यवसायीहरुलाई कठिनाइ भइरहेको बताए ।
बैंकले बेसरेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झन मर्का पर्न गएकोले सरकारले यसतर्फ ठोस कदम चाल्न पनि आग्रह गरे । कार्यक्रममा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले गोरखा प्राकृतिक विविधता भएको क्षेत्र भएकोले कृषि उत्पादनको लागि सम्भाव्य क्षेत्र भएको बताए ।
स्थानीय कृषि उत्पादनको बजारीकरण हुनसकेमा व्यावसायिक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको उनको भनाइ थियो । मेला आइतबारबाट सुरु भई २७ गतेसम्म आयोजना हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया