चांगनको प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा
काठमाडौँ । अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले चांगन हन्टरलाई धेरै नेपाली ग्राहकहरुको मनमा राज गर्ने आफ्नो प्रमुख उत्पादनहरुमध्ये एक भएको समेत बताएको छ । अहिले हन्टरको प्रि–लन्चको अभियान सञ्चालन गरिहरको कम्पनीले जनवरी अन्तिमसम्म यसको लन्च गर्ने योजना बनाइरहेको जनाएको छ ।
हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन छ जसमा १९१० सीसीको डिस्प्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । हन्टरको ३९१० एमएमको ह्विल बेस छ । साथै यो २३० एमएम ग्राउन्ड क्लियरेन्ससहित आउँछ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो छ ।
यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुनसक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ । यसको कुल वजन ३०५० केजी र १ टनको पेलोड बोक्न सक्छ । यो सेग्मेन्टकै उत्कृष्ट १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिनका साथ यात्रा मनोरञ्जनात्मक हुने कम्पनीको दाबी छ । हन्टरमा पुस इन्जिन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधायुक्त बनाउन हन्टरमा क्रुज कन्ट्रोल सुबिधा रखिएको छ ।
क्रुज कन्ट्रोलले बाटोको अवस्थाअनुसार मिल्दो स्पिड, सुनिश्चित गर्न मद्दत गर्दछ । अझ टायर प्रेसर मोनिटरिङ सिस्टमले गर्दा गाडीको टायर कन्डिसन उच्च विन्दुमै हुने गर्छ । यस्तै हन्टर ६–स्पिड अटोमेटिक गेयर ट्रान्स्मिसनको साथमा आउने गर्दछ, जसले आफैँ रोडको कन्डिसनअनुसार गियर बदल्न मद्दत गर्दछ । हन्टरले चालक र सहचालकलाई विशेष ध्यानमा राखी आरामदायी पावर असिस्टेन्ट सिट प्रदान गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस प्रिमियम पिक–अपले, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राममार्फत गाडीको उचित ख्याल राख्छ । यसमा अटो स्टप क्लाइम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट जुध्नुपर्नेछैन ।
यसमा हिल डिसेन्ट कन्ट्रोलले गर्दा ओरालो झर्दा कुनै पनि समस्या आउनेछैन । साथै यसमा स्पोर्ट मोड अन गरेपश्चात् चालकलाई एक्सिलरेसन बढेको महसुस हुनुका साथसाथै इको–मोडमा यात्रा निकै किफायती पनि हुने गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया