Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसूर्योदय टोल विकास संस्थाको अध्यक्षमा महत

सूर्योदय टोल विकास संस्थाको अध्यक्षमा महत


काठमाडौँ । सूर्योदय टोल विकास संस्थाको अध्यक्षमा ढलक बहादुर महत चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले महतको अध्यक्षतामा नौ जनाको कार्यसमिति चयन गरेको हो ।

यस्तै संस्थाको उपाध्यक्ष्मा रघुनाथ भण्डारी, सचिवमा विष्णु कुमार गिरी र कोषाध्यक्ष्मा रामबाबु सापकोटा चयन भएका छन् । शनिबार काठमाडौं तारकेश्वर नगरपालिका धर्मस्थली वडा न. ६ स्थित सूर्योदय टोलमा सम्पन्न सभाले आव २०७७/०७८ मा भएको आर्थिक तथा प्रगति प्रतिवेदन पारित र आगामी वर्षको नीति तथा कार्यक्रम पास गरेको छ ।

साधारणसभामा संस्थाका निर्वतमान अध्यक्ष केशवराज रेग्मीले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए । साथै संस्थाको आगामी योजना तथा प्रतिबद्धताहरुको बारेमा जानकारी समेत गराएका थिए ।

तेस्रो वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन पूर्वरक्षामन्त्री तथा संघीय संसद् भीमसेन दास प्रधानले गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x