निर्यात बढाउन परिषद्को १० बुँदे सुझाव
काठमाडौँ । मुलुकको निर्यात बढाउन नेपाल निर्यात परिषद्ले १० बुँदे सुझाव दिएको छ । आफ्नो २४औँ वार्षिक साधारणसभा तथा छैटौँ निर्यात दिवसको अवसरका आयोजित एक कार्यक्रममा परिषद्ले १० बुँदे सुझाव अघि सारेको हो ।
परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यातवृद्धिमा केही समस्या रहेको औँल्याउँदै समाधानका लागि सरकारसँग आग्रह गरे । कार्यक्रममा परिषद्का अध्यक्ष कार्कीले चालू आर्थिक वर्षको पाँच महिनाको आयातनिर्यातको अवस्था प्रस्तुत गरेका थिए । उनले चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको जानकारी दिए ।
भन्सार विभागको तथ्यांकअनुसार भटमास र पामतेल ५७ अर्ब ५८ कारोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा निर्यात एक सय पाँच दशमलव ६१ प्रतिशतले बढेको देखिए पनि आयातका लागि पाँँच महिनामा मात्र आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैँया बाहिरिएको छ ।
यस्तै सोही अवधिमा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ व्यापारघाटा भएको छ । नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धनको माध्यमबाट व्यवसायको स्थायित्य, संरक्षण, प्रवद्र्धन तथा दिगो विकास गर्न परिषद् अध्यक्ष कार्कीले सुझाव दिए । उनले ‘समृद्ध नेपाल सुखी नेपाल’ हुने पकिल्पना साकार पार्न स्वदेशी उत्पादनहरुको उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने समेत बताए ।
परिषद्ले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्य गर्नुपर्ने, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहज हुने अनलाइन सिस्टम लागू गराउनुपर्ने, करमुक्तिको घोषणा गर्नुपर्ने, निर्यातकर्तालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
त्यस्तै एक्स्पोर्ट एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तीमा १० वर्षसम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनुपर्ने, विभिन्न देशका कूटनीतिक नियोग र दूतावासमार्फत नेपाली निर्यातयोग्य वस्तुको व्यापक प्रचार गर्नुपर्ने, विश्वव्यापी आधुनिक ल्याब स्थापना गर्नुपर्ने, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा अनलाइन सिस्टम लागू गर्नुपर्ने, निर्यातकर्तालाई विनिमयदरमा कम्तीमा पनि १० रुपैयाँ बढाएर दिनुपर्ने परिषद्को सुझावमा उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया