Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलालपुर्जाविहीन जग्गाधनी

लालपुर्जाविहीन जग्गाधनी


भैरहवा । जिल्लाको ओमसतिया गाउँपालिकाभित्रका सयौँ स्थानीयवासी वर्षौंदेखि भूमि उपभोग गरे पनि लालपुर्जाविहीन बनेका छन् । वि.सं. २०२७ मा नापी कार्यालयले घरबासको जग्गा भनेर फिल्डबुकमा लेखेको भेटिए पनि व्यक्तिले लालपुर्जा नपाउँदा सरकारलाई समेत वार्षिकरूपमा लाखौँ भूमिकर घाटा लागेको छ ।

गाउँब्लकका दर्जनौँ बस्ती रुपन्देहीभरि भेटिन्छन् तर उनीहरुको लालपुर्जा नबनेको जिल्ला नापी कार्यालय रुपन्देहीले बताएको छ । मानिसले ठूला–ठूला व्यावसायिक भवनसमेत बनाएका छन् । आपसी सहमतिमा किनबेचसमेत हुने गरेको छ तर जग्गाको लालपुर्जा नबनेको ओमसतियाका स्थानीयवासी जीतेन्द्र चौधरी बताउँछन् ।

गाउँब्लक जग्गाको लालपुर्जा पाउनका लागि पटक–पटक स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । वि.सं. २०१९ मा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो । त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको नापी कार्यालय रुपन्देहीले बताएको छ ।

छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपुर्जाविहीन बनेका हुन् । जिल्लाको ओमसतिया, सैनामैना, देवदह, बुटवल, सियारी, लुम्बिनीलगायतका क्षेत्रका दर्जनौँ बस्ती अहिले पनि लालपुर्जाविहीन रहेको भूमिहीनका अगुवा प्रतापनारायण चौधरी बताउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x