Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुनिमनीको -याफल ड्र क्याम्पियन सुरू

युनिमनीको -याफल ड्र क्याम्पियन सुरू


काठमाडौँ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको -याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

-याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेबसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १३ साथै ३० जना सेवाग्राहीहरुले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी एक सय ग्राम सुन जित्न सक्नेछन् । क्याम्पियनको अवधि १ जनवरीदेखि १४ मार्चसम्म जम्मा ६९ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ ।

विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा दुईवटा -याफल ड्र गरी दुईचोटि २०/२० जना गरेर पुरस्कार विनियोजन गरिएको छ ।

क्याम्पियनबारे जानकारी दिँदै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियनले आफरहरु उत्साहित रहेको बताए ।

साथै उनले सबै ग्राहकहरूलाई बैंक खाता, आईएमई पे वालेट वा नगद पिक–अपको रूपमा सिधै पैसा पठाउन सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्ने उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x