Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने


काठमाडौं माघ २२
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरएक्स ट्रेड फियर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ख्याति प्राप्त ब्राण्डहरुका दुई सयभन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएको छ ।

निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुङ्गा साबित हुने आयोजकको दाबी रहेको छ । प्रदर्शनीमा विभिन्न प्रतिष्ठित कम्पनीहरुको उल्लेखनीय उपस्थिति रहनेछ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा प¥याउने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक, इन्जिनियर्स, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x