Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको विश्व प्रसिद्ध ओटीटीको लागि एलोफ्ट होटलमा १ जीबी स्पिड इभेन्ट

भायानेटको विश्व प्रसिद्ध ओटीटीको लागि एलोफ्ट होटलमा १ जीबी स्पिड इभेन्ट


काठमाडौँ । भायानेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागि एक जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ ।

काठमाडौंको एलोफ्ट होटेलमा विश्व प्रसिद्ध ओटीटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले नेपाली ग्राहकसँगै अब विश्वस्तरीय ग्राहकको ध्यान समेत तानेको छ ।

विगत लामो समयदेखि भायानेट एलोफ्ट काठमाडौंको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिँदै आएको छ । सुरुमा, भायानेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्सन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो । फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्विच र १० जी पोर्ट स्विचमार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोज्यो । जुनीपर ईएक्स२३०० २४ टि इन्टरनेट गति प्रदान गर्न प्रयोग गरिएको स्विच थियो ।

भायानेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गरेको हो । एलोफ्ट काटमाडौंका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो । तीन महिनाको सफल परीक्षणपछि फिल्म निर्माण टोलीले अगस्ट २०, २०२१ मा लिंक उपलब्ध गराउन आग्रह गरेको हो ।

फिल्म निर्माण टोलीले अक्टोबर ३, २०२१ सम्म भायनेट इन्टरनेट सेवा प्रयोग गरेको थियो । अलोफ्ट काठमाडौंका अनुसार निर्माण टोलीले ठूला फाइलहरू केन्द्रीय सर्भरमा ट्रान्सफर र गर्न एक जीबी स्पिड इन्टरनेट प्रयोग गरेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x