Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको अल्ट्राफाई टिकटक च्यालेन्ज

भायानेटको अल्ट्राफाई टिकटक च्यालेन्ज


काठमाडौँ । इन्टरनेट प्रदायक संस्था भायानेटले ५० हजार रुपैयाँको पुरस्कार राशीसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज योजना सार्वजनिक गरेको छ । भायानेटले केही समयअघि काम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च–गति, उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षका अफरसहित ‘अल्ट्रा–फाई प्याक’ लन्च गरेको थियो ।

यसै अफरमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायानेटले ‘भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ नामक टिकटक प्रतियोगिता ल्याएको हो । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुल्ला रहेको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिनेछ । कम्पनीका अनुसार यो प्रतियोगिता जनवरी १ देखि फेब्रुअरी २८ सम्म खुला रहनेछ । सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार जित्नेछन् ।

भायानेटका कर्मचारी र परिवारका सदस्यहरू भने प्रतियोगितामा जित्नका लागि योग्य नहुने कम्पनीले जनाएको छ । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ । यस्तै प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x