Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोहोरमैला व्यवस्थापन संघको अध्यक्षमा आचार्य

फोहोरमैला व्यवस्थापन संघको अध्यक्षमा आचार्य


काठमाडौँ । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वामान्)को अध्यक्षमा धनप्रसाद आचार्य चयन भएका छन् । संघको शनिबार सम्पन्न छैठौँ साधारणसभाले दुई वर्षको लागि अध्यक्ष पुनः आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षत्रयमा सहदेव राउत, रामकुमार घिमिरे, बबरमान तामाङ, महासचिवमा मित्रप्रसाद घिमिरे, सचिवद्वयमा भूपाल आचार्य, निरकुमार वाग्ले, कोषाध्यक्षमा राजेन्द्र पोख्रेल, सहकोषाध्यक्षमा लक्ष्मीप्रसाद गेलाल चयन भएका छन् । सदस्यहरुमा पदम थापा, मुना न्यौपाने, संगीता वानियाँ, गीता कार्की, नवराज आचार्य, ओमराज लामा, सुवास लामा, केदार के.सी. रामेश्वर पोखरेल लगायतको निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

साधारणसभाको उद्घाटन पूर्वरक्षामन्त्री एवम् सांसद भीमसेनदास प्रधान र नेपाल सरकारका पूर्वमुख्यसचिव एवं बागमती सफाइका अभियन्ता लिलामणि पौडेलले संयुक्त रुपमा गरेका थिए । संघले सरकारसँग नीतिनियम बनाउने तथा स्थानीय सरकारका निकायलाई समेत आपसी समन्वय र सहकार्य गर्दै फोहोरमैलामा क्रियाशील संघ/संस्थाहरुको वृत्तिविकासका क्षेत्रमा अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ । छ वर्षअघि स्थापित यस संस्थामा ७८ वटा संघ/संस्था आबद्ध रहेका छन् ।

स्वामान मुख्य त फोहोरमैलासम्बन्धी कार्यशाला गोष्ठी, फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलन, उत्प्रेरणा तथा सम्मान कार्यक्रम, सम्पदा पदयात्रा, बागमती, रुद्रमती, विष्णुमती नदी र विभिन्न सरसफाइ अभियानमा सहभागि, कार्य सञ्चालन निर्देशिका जारी, अवलोकन भ्रमण, अध्ययन भ्रमणजस्ता कार्यक्रमहरूमा क्रियाशील रहेको संस्थाका अध्यक्ष आचार्यले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x