Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा


काठमाडौँ । शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । गत बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि सोमबार बालाजु, नयाँँ बसपार्कको बीजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँँ स्टोरहरु खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुने र सँग–सँगै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुने बताए ।

यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरुजस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुन्छ । जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाइदाहरु लिन सक्नेछन् ।

रिटेल प्रक्रियाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तत्र्रिmया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x