एफम्यानको रक्तदान कार्यक्रम
काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा संस्थाको २२औँ वार्षिकोत्सवको अवसर पारी व्यवसाय, समाज र सामाजिक उत्तरदायित्व भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । बढ्दै गइरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपूर्ति सहज होस् भनी रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए ।
संघका पूर्वअध्यक्ष, सल्लाहकार, एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । कोरोना संक्रमणको तेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै रक्तदान गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया