पञ्चकन्या माई हाइड्रोपावरको तीन वर्षको साधारणसभा एकैपटक
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चौथो, पाँचौँ तथा छैठौँ गरी तीन वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा गत बुधबार कोपुण्डोल, ललितपुरमा साधारणसभा सम्पन्न भएको हो । सभाबाट चार वर्ष अवधिको लागि प्रतिनिधित्व गर्न चार जना (एक जना महिला समेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित समेत भएका थिए ।
यस्तै सभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आव २०७७/०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । साथै कम्पनीको आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक ध्रुव कुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नुपरेको समस्या, कम्पनीको आर्थिक स्थितिबारे सभामा जानकारी गराएका थिए । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मकतिर गएको हुँदा नाफाको सुनिश्चितता गरी सेयरधनीहरुलाई लाभांश वितरण गर्न समेत सभामा आग्रह गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया