माई–पेबाट हवाइ टिकट बुकिङ गर्दा छुट
काठमाडौं । डिजिटल भुक्तानी सेवा माई–पेले आन्तरिक हवाइ टिकट बुकिङ गर्दा एक हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने भएको छ । घरायसी तथा दैनिक जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लोपटक आन्तरिक हवाइ टिकट बुकिङ सेवा समेत सुचारु गरेको हो । यस सुविधाअन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेटमार्फत हवाइ टिकट बुकिङ गर्दा न्यूनतम पाँँच प्रतिशतदेखि अधिकतम एक हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।
हाल माई–पे वालेटमार्फत आन्तरिक हवाइ टिकट बुकिङ गर्दा तीन हजार रुपैयाँसम्मको टिकट बुकिङमा सात प्रतिशत र तीन हजारभन्दा माथिको टिकट बुकिङमा पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माई–पेमार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली तीन जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । क्यासब्याक प्राप्त गर्न माई–पे वालेट डाउनलोड गरी कारोबार गर्न सकिनेछ । यसमा पहिलो प्रयोगकर्ताले पहिलो जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया