टाटा मोटर्सको बम्पर लक्की ड्रको विजेता घोषणा
काठमाडौं । टाटा मोटर्स नेपालको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रुपमा सञ्चालन गरेको ‘आशा र उमंग बाँडौँ, मनाऔँ खुसियाली, यो दशैँ र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ अभियानको विजेता घोषणा गरिएको छ ।
टाटा मोटर्सको चाडपर्व अफरअन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा कार्यक्रम गत सोमबार सम्पन्न भएको हो । कम्पनीको नेपालको आधिकारिक फेसबुक पेजमार्फत लाइभ लक्की ड्र कार्यक्रम गरी विजेता घोषणा कार्यक्रम गरिएको कम्पनीले जानकारी गराएको छ ।
देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट पाँच जना, हेटौंडाबाट १४ जना, बुटवलबाट पाँच जना र नेपालगन्जबाट पाँच जना गरी कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहारअन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । विजेताहरूमध्ये सामसङ ट्याब एस सेभेन एफ इ ११ जनालाई, एलजी डबल डोर फ्रिज ११ जनालाई, आठ केजी वासिङ्ग मेसिन सात जनालाई, सामसङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल सात जनालाई र एमआई ६५ इन्च फोर के टिभी सात जनालाई प्रदान गरिएको छ ।
सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरूमाझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया