Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमले फोरजी एलटीआई नमस्ते वाइफाइ विस्तार गर्ने

नेपाल टेलिकमले फोरजी एलटीआई नमस्ते वाइफाइ विस्तार गर्ने


काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीआई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीआई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता समेत भएको छ । बुधबार भएको सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका थिए ।

फोरजी एलटीआई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र इन्डिभिज्युअल प्याकेज र सरकारी संस्था प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी एक वर्षका लागि नौ हजार रुपैयाँमा सात सय २० जीबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिन्छ ।

यस्तै होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत एक हजार दुई सय रुपैयाँमा एक सय २० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा एक हजार चार सय ४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना एक सय २० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा छ सय रुपैयाँमा १५ दिनका लागि एक सय २० जीबी प्याक लिन सकिन्छ ।

यसैगरी सरकारी संस्था प्याकेजमा तीन हजार छ सय ५० रुपैयाँ र दुई हजार एक सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीको भनाइ छ । हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुतगतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने कम्पनीले अपेक्षा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x