Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिशहोम फाइबर नेटको ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक

डिशहोम फाइबर नेटको ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक


काठमाडौं । डिशहोम फाइबर नेटले ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक गरेको छ । नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरू भएसँगै विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सुरू गरेपछि विद्यार्थीहरुको सिकाइ नरोकियोस् भन्ने उद्देश्यले डिशहोम फाइबर नेटले उक्त प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक दुई सय ८८ रूपैयाँ, दुई जना विद्यार्थीका लागि मासिक चार सय ८८ रूपैयाँ र तीन जना विद्यार्थीका लागि मासिक पाँच सय ८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिप्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइने डिशहोमले जनाएको छ ।

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, दुई जना विद्यार्थीलाई १५ एमबीपीएस र तीन जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ । यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिकको ‘डिशहोम डिलर दाइ’कहाँ सम्पर्क गर्न सकिने बताइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x