Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसवारीसाधनमा युरो–६ लागू गर्ने प्रस्ताव सकारात्मक : नाडा

सवारीसाधनमा युरो–६ लागू गर्ने प्रस्ताव सकारात्मक : नाडा


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो–६ लागू गर्ने सरकारको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जनाएको छ । नाडाले आइतबार पत्रकार सम्मेलन गरी यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागू गर्दै जानुपर्नेमा समेत जोड दिएको छ । अहिले युरो–६ लागू गर्नको लागि देशमा उपयुक्त पूर्वाधारहरुलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको नाडाको भनाइ छ । यसलाई चरणबद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि नाडाले सरकारसँग माग गरेको छ ।

सरकारले युरो ६ लागू गर्ने तयारी गरेपछि व्यवसायीले चरणबद्ध रुपमा लागू गर्नुपर्ने माग राखेका हुन् । नेपाल सवारीसाधन प्रदूषण मापदण्ड विषयक छलफलमा नाडा अध्यक्ष ध्रुव थापाले चरणबद्धरुपमा यसलाई लागू गर्दै जानुपर्ने बताए । उनले मोटरसाइकल र कार बीएस ६ मै आउन थाले पनि कमर्सियल भेहिकलमा केही समस्या हुने बताए । नेपालमा युरो ६ बराबरको मापदण्ड लागू गर्नलाई आपत्ति नभए पनि तत्काल लागू गर्दा ठूलो समस्या आइपर्ने उनको भनाइ छ । तत्काललाई युरो ४ लागू गर्न उनले सरकारलाई सुझाएका छन् । यस्तै कार्यक्रममा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले बीएस ४ बाट बीएस ६ मा जाँदा १२ देखि १५ हजार रुपैयाँ मूल्य बढ्ने बताए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x