Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्पेयर पार्ट्सको अवैध आयातमा वृद्धि

स्पेयर पार्ट्सको अवैध आयातमा वृद्धि


काठमाडौं । नेपाल–भारतको खुल्ला सीमा क्षेत्रको मौका उठाएर व्यापारी तथा व्यवसायीहरुले अवैध रुपमा स्पेयर पाट्सको आयात ह्वात्तै बढाएको पाइएको छ । नेपालको मुख्य नाकामध्येको काँकरभिट्टा क्षेत्रबाट अवैध रुपमा गाडीका पाटर््स भित्रिने गरेको स्रोतले जनाएको छ । यसबाट राज्यलाई ठूलो रकम राजस्व नोक्सानी भइरहेको छ ।

सुरु–सुरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल यस्तो अवैध आयात पशुपतिनगर, भद्रपुर एवं आसपासका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको पाइएको छ । तर सम्बन्धित निकायले भने यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल गरेको छैन । आधिकारिक रुपमा गाडीमा लाग्ने पार्ट्स भित्र्याउँदा मूल्यअभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझउनुपर्ने हुन्छ । तर तो सामान अवैध तवरबाट भित्र्याउँदा सरकारलाई दैनिक लाखौँ रुपैयाँ राजस्व नोक्सान भइरहेको छ । सम्बन्धित निकाय मौन बसिदिँदा सो क्रम दिनानुदिन बढ्दै गएको स्रोतको दाबी छ ।

बिर्तामोड क्षेत्रमा अटो पार्ट्स व्यवसाय गरी बसेका ग्यालेक्सी अटो प्रालिका सञ्चालक वेदान्त ठकुरी सम्बन्धित निकायले चासो नदिदाँ खपतको ५० प्रतिशतभन्दा बढी पार्ट्स अवैध रुपमा आयात भइरहेको बताउँछन् । यस सम्बन्धमा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराए पनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चर्यको विषय भएको उनको भनाइ छ ।

बजारमा सबैभन्दा बढी माग भएको टाटाको जेन्युन पार्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी यस्ता खालका गतिविधिले व्यवसायी पनी विस्थापित हुनेसम्मको स्थिति सृजना हुने बताउँछन् । साथै ग्राहकहरु पनि त्यसरी भित्रिएका पार्ट्सहरु सक्कलीभन्दा नक्कली नै बढी हुनेले मारमा परेको उनको भनाइ छ ।

स्थानीय व्यवसायीका अनुसार गाडी धनी स्वयंले तथा केही व्यवसायीहरुले नै सीमापारिका व्यापारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमका सामान सेटिङ्गमा ग्यारेज, पसल तथा घरसम्मै पनि खुलेआम ओसारपोसार गर्ने गरेका छन् । यस्तो किसिमको भयावह स्थिति आइसक्दा पनि सम्बन्धित निकायले नजरअन्दाज गर्नुले सो निकायको कार्यशैलीप्रति समेत प्रश्न खडा भएको छ । साथै सस्तो मूल्यको लोभमा सक्कली भनी नक्कली तथा कम गुणस्तर भएका पार्ट्सको प्रयोग पनि व्यापक रुपमा बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।

यस सम्बन्धमा सम्बन्धित निकायले छिटोभन्दा छिटो ठोस कदम चाल्नुपर्ने र अवैध किसिमका आयातलाई पूर्णरुपमा बन्द गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । यस्ता किसिमका क्रियाकलापलाई निरुत्साहित गर्न केन्द्र सरकार तथा सम्बन्धित निकायले यसमा विशेष ध्यान पु¥याउनु जरुरी देखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x