Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसहारा एपका ग्राहक तथा राइडरलाई ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म छुट

सहारा एपका ग्राहक तथा राइडरलाई ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म छुट


काठमाडौं । सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । बिजनेस ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले वसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन् ।

अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउने बताइएको छ । मंगलबार सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण बिँडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका थिए । पछिल्लो समय लोकप्रिय रहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण बिँडारीले सहारा एपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे ।

आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउनेछन् । कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन् । शून्य कमिसनमा सेवा दिइरहेको सहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । यसअघि कम्पनीले अजोड इन्स्योरेन्ससँग इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले छ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x