नलेज मेस्ट्रो– अनलाइन हाजिरीजवाफ
काठमाडौं । ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा नलेज मेस्ट्रो अनलाइन लाइभ क्विज एक दिने अनलाइन हाजिरीजवाफ प्रतियोगता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६–२४ वर्षका युवावर्गहरुले निःशुल्क प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो ।
विगतका दिनहरूमा नलेज मेस्ट्रोको चार संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सञ्चालन गरिने बताइएको छ । प्रतियोगिता दुई फरक विधामा सञ्चालन हुनेछ जसअन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्यसम्बन्धी प्रश्नहरु सोधिनेछ । दुवै विधामा आवेदन खुलेको आयोजकले जानकारी दिएको छ । दुवै विधा प्रतियोगिताका विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा भाग लिन ग्लोकल आफ्टर स्कुल डट कम÷नलेज मेस्ट्रोमा नाम दर्ता गराउनुपर्नेछ । आइटी तथा व्यापार एवं पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिति फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया